अछाम -१ मा भीम रावललाई हराउँदै कांग्रेसका स्वाँर विजयी

धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल अछाम-१ बाट पराजित भएका छन् । उनी थोरै मतान्तरले पराजित भएका हुन् । निर्वाचन आयोगका अनुसार उनी नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका छन् । स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्दा १० हजार २३३ मत पाए ।

अछाम- १ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहको पक्षमा १०२ मत खसेको छ ।

रावलले यसअघि लडेका पाँचमध्ये तीनमा जित र दुई निर्वाचनमा पराजय भोगेका थिए । कांग्रेसले भने यो क्षेत्रमा २६ वर्षपछि जित निकालेको हो ।


२३ फागुन २०८२, शनिवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु