डडेल्धुराबाट महर लड्ने
डडेलधुरा। डडेल्धुरामा प्रतिनिधि सभाको निर्वाचनमा नेविसंघका पूर्व अध्यक्ष नैन सिंह महरले टिकट पाएका छन् ।
नेपाली काँग्रेसले महरलाई फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि टिकट दिएको हो ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नलड्ने निर्णय सुनाएपछि पूर्व प्रधानमन्त्री देउवापछि स्वकिय सचिव भानु देउवाले चुनाव लड्ने चर्चा थियो । भानुले समेत निर्वाचन नलड्ने बताएपछि महरले टिकट पाएका हुन् । देउवाले पनि महरको नाममा सहमती जनाएका छन् ।
महरलाई नेपाली काँग्रेस डडेल्धुराका सभापति भीम बहादुर साँउदले समेत समर्थन गरेका छन् ।
साँउदले महरलाई टिकट दिने कुरामा सहमती जनाएका थिए । साँउद स्वयम पनि आकांक्षी थिए ।
काँग्रेसले आधिकारिक रुपमा महरलाई टिकट दिईसकेको छ ।
६ माघ २०८२, मंगलवार १०:५३ बजे प्रकाशित































