punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माघी पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : प्रदेश प्रमुख मियाँ

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले माघी पर्वले नेपाली समाजमा सामाजिक सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

माघी पर्व, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले  माघी पर्व नेपालका विभिन्न जातजाति, समुदाय तथा भूगोलमा आ–आफ्नै मौलिकता र सांस्कृतिक विशेषताका साथ मनाइने पर्व भएको उल्लेख गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा माघे संक्रान्तिका अवसरमा विवाहित चेलीहरूलाई कोसेली दिने प्रचलन रहेको छ भने मान्यजनको आशीर्वाद लिने, विभिन्न सांस्कृतिक कार्यक्रम, मेला, महोत्सव तथा माघी मिलन समारोह आयोजना गर्ने गरिन्छ। साथै, तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरमा थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन्।

बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक नेपाली समाजमा यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुर्‍याउनुका साथै सामाजिक सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उनले विश्वास व्यक्त गरेका छन्।

‘ माघी पर्वले सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासीसहित सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकता प्रगाढ बनाउँदै मुलुकको समग्र विकास र समृद्धिमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस्’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।


१ माघ २०८२, बिहीवार ०८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु