कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा  सभापति घाेषित,  उपसभापतिमा विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन् । हिजो केन्द्रीय कार्यसमितिले निष्कासन गरेपछि थापालाई विशेष महाधिवेशनले सभापतिमा निर्विरोध निर्वाचन भएको घोषणा गरेको हो ।
यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका हुन् ।

महाधिवेशनबाट कांग्रेसले सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्रीमा चयन भएका छन्  ।

त्यसै गरी, आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन्


१ माघ २०८२, बिहीवार ०८:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु