punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यी हुन् कैलालीका निर्वाचन क्षेत्रबाट कांग्रेसले सिफारिस गरेका उम्मेदवार

Chaupati
safha napa

धनगढी। कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेस कैलालीले दिएको जानकारी अनुसार पाँचवटै क्षेत्रले इच्छुक नाम जिल्लामा पठाएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कम्तिमा एक महिलासहित तीन जनाको मात्रै नाम सिफारिस गर्न निर्देशन भए पनि क्षेत्रीय समितिले भने १० जनाको नामसम्म सिफारिस गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा। रणबहादुर रावल र रामजनम चौधरीको नाम सिफारिस भएको छ । समानुपातिका लागि उमाकुमारी बादी, केशरीकुमारी रावल, धिरजराज रेग्मी, बिर्खबहादुर रावल, राजेशकुमार टमटा, सुशीला स्वाँरको नाम सिफारिस भएर आएको नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए । यस्तै, राष्ट्रियसभाका लागि जगन्नाथ रिमाल, नृपबहादुर खड्का र फकिरसिंह कठायतको नाम सिफारिस गरिएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । कृष्णराज पाण्डे, घनश्याम जोशी, विजयबहादुर स्वाँर, हिमबहादुर रावल, गोपालबहादुर बम, वीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहनसिंह राठौरको नाम सिफारिस भएर जिल्लामा आएको सचिव सुनारले बताए । समानुपातिकतर्फ शिव थापा, टीका चौधरी, सुमन सञ्ज्याल, रीता मुडभरी, गोविन्द बिष्ट, बलबहादुर बिष्ट, रवीन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी र नन्दराम बादीको नाम सिफारिस गरिएको छ ।

यस्तै, कैलाली– ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि खेमराज थारु, भीम बडुवाल, अविनास चौधरी र मंकर शाहको नाम सिफारिस भएको छ । समानुपातिकामा रीता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्रीको तथा राष्ट्रियसभाका लागि रामचरण चौधरी र कलावती शाहको नाम सिफारिस भएको छ । यस्तै, नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर र केन्द्रीय सदस्य नैनसिंह महरको नाम एउटै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ कैलालीले बलायर र महरसहित सात जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले बलायरको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ भने महरको नाम छैठौँ नम्बरमा छ ।

यस्तै, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डे, टेकराज जोशी र भुवन महराको नाम पनि क्षेत्रीय समितिले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका लागि जिल्ला समितिलाई सिफारिस गरेको छ । क्षेत्रीय समितिले समानुपातिकातर्फ यज्ञनिधी कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । आरजुसहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकले जानकारी दिए । नाम सिफारिस गर्न क्षेत्र नम्बर ५ ले आज बिहान १० बजेदेखि २ बजेसम्म इच्छुक उम्मेदवारलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । चार जनाको नाम मात्रै दर्ता भएपछि सबैको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।

आरजु २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्र ९धनगढी क्षेत्र०बाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । २०७९ सालको निर्वाचन पनि उनले सोही क्षेत्रबाट लड्ने चर्चा थियो । तर, राणाले सो समय समानुपातिक निर्वाचन प्रणाली रोजेकी थिइन् । यस्तै, समानुपातिकका लागि ११ र राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

नेपाली कांग्रेस कैलालीका सचिव सुनारले २६ गतेभित्रै जिल्लाले नाम टुंगो लगाएर प्रदेशमा सिफारिस गर्ने जानकारी दिए । प्रदेशले यो महिनाभित्रै केन्द्रीय कमिटीलाई नाम सिफारिस गर्ने जनाएको छ ।

 


२४ मंसिर २०८२, बुधवार १५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु