औषधि व्यवसायी र सरकारबीच सहमति

काठमाडौं । करिब डेढ महिनादेखि आन्दोलन गरिरहेका औषधि व्यवसायी र सरकारबीच सहमति जुटेको छ। स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र व्यवसायीबीच आज भएको त्रिपक्षीय वार्तामा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई संशोधन र ५ को खारेजी गर्ने सहमति जुटेको हो। सहमति जुटेसँगै औषधि व्यवसायी संघले आफ्ना आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।

सहमतिपछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो माग अनुरुप गर्ने गराउने र हामीले गरेको आन्दोलन स्थगित लिने भनी सम्झौता भएकाले भोलिदेखि पूर्व निर्धारित सम्पूर्ण आन्दोलनहरु स्थगित गरिएको बारे जानकारी गराउँदछौ।’

वार्तामा नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधि पनि सहभागी थिए।


१५ मंसिर २०८२, सोमवार २१:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु