सरकारले नगद कारोबारको सीमा घटायो
१५ मंसिर, काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ ।आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको छ।यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो ।
१५ मंसिर २०८२, सोमवार २१:४७ बजे प्रकाशित
















