एनपिएलमा आज सुदूरपश्चिमले कर्णालीको सामना गर्दै

धनगढी । नेपाल प्रिमियर लिग (एनपिए) मा आज सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सको सामना गर्दै छ । अपराजित यात्रामा रहेको सुदूरपश्चिम आज तेस्रो खेल खेल्दै छ । कर्णालले पनि २ खेल खेलेको भएपनि एक खेलमा हार बेहोरेको छ ।

दुवै टिम बिचको खेल आज अपरान्ह ४ बजे हुने छ । यसअघि आज पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्दै छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ

 


८ मंसिर २०८२, सोमवार १३:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु