चुनावअघि महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले बुझाए पत्र
काठमाडौं। नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन्।
१४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा रहेका उनीहरूले फागुन २१ को चुनावअघि महाधिवेशन गर्न माग गर्दै हस्ताक्षरसहित आज केन्द्रीय कार्यालयमा पत्र बुझाएका हुन्।
कांग्रेसको नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि गर्ने कि पछि भन्नेमा विवाद छ। यही विवाद समाधान गर्न नसक्दा एक महिनादेखि केन्द्रीय समिति बैठक अनिर्णीत छ।केन्द्रीय समिति बैठक भोलि दिउँसो २ बजे बस्दैछ। उक्त बैठकले चुनावअघि महाधिवेशनको निर्णय गर्नुपर्ने भन्दै उनीहरूले पत्र बुझाएका हुन्।




२८ कात्तिक २०८२, शुक्रवार १३:४२ बजे प्रकाशित













