आन्दोलनका क्रममा चोरिएका सामानहरु फिर्ता हुदैं, फिर्ता नगरेमा प्रहरीले खोजी गरि कारवाही गर्ने
धनगढी। गत भदौ २४ गतेको आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालयबाट लुटिएका र चोरिएका सामानहरु फिर्ता हुन थालेका छन् । प्रहरीले सार्वजनिक सुचना जारी गर्दै फिर्ता गर्न अपिल गरेपछि कैलालीका सरकारी कार्यालयबाट लुटिएका र चोरिएका सामाग्रीहरु फिर्ता हुन थालेका हुन् । प्रहरीले जेनजी युवाहरुले भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा चोरी गरिएका सामान नकिन्न पनि व्यापारीहरूलाई अपिल गरेको छ । सूक्ष्म रूपमा अनुसन्धान भइरहेको भन्दै त्यस्ता सरसामान कुनै पनि व्यापारीलाई खरिद तथा बिक्री नगर्न नगराउन तथा सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि घर लगिएका र चोरी गरिएका सामानहरु फिर्ता गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई तोडफोड र आगजनीको क्रममा सरकारी कार्यालय तथा निजी घर तथा पसलबाट लगिएको सामान फिर्ता गर्न अपिल गरेछि सामानहरु फिर्ता आउन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा सामान बुझ्न सशस्त्र प्रहरीलाई खटाइएको छ । हालसम्म ६ थान दराज, १२ थान अफिस कुर्सी, एक सेट सोफा, कम्प्युटर टेबुल, फाइल राख्ने र्याक लगायतका सामान फिर्ता गरिएको छ ।
प्रहरीले जेनजी युवाहरुले भदौ २३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा चोरी गरिएका र लुटिएका सामान नकिन्न पनि व्यापारीहरूलाई अपिल गरेको छ । सूक्ष्म रूपमा अनुसन्धान भइरहेको भन्दै त्यस्ता सरसामान कुनै पनि व्यापारीलाई खरिद तथा बिक्री नगर्न नगराउन तथा सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन समेत अनुरोध गरेपछि व्यवसायीहरुले पनि सोही अनुसारको सुचना आफु निकटका व्यवसायीहरुमा पुराएका छन् ।
आन्दोलनका क्रममा प्रदेशमा विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरे पश्चात ती कार्यालयहरूमा रहेका कम्प्युटर, प्रिन्टर, ल्यापटप, दराज, कुर्र्सी, टेबल, पङ्खा, एसी, ब्याट्री लगायतका जिन्सी, बहुमूल्य वस्तु तथा सराकारी माल समानहरू चोरी तथा लुटपाट गरी बजारमा खरिद बिक्री भईरहेको प्रहरीले जनाएको छ । यस्ता गतिविधिहरुको सूक्ष्म रूपमा अनुसन्धान भइरहेको भन्दै त्यस्ता सरसामान खरिद तथा बिक्री नगर्न नगराउन तथा सो सम्बन्धमा कुनै सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन समेत प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले चोरी वा आवेशमा लिएर घरमा राखिएका सामानहरू स्वेच्छाले बुझाउनेलाई उचित सम्मान गरिने जनाएको छ । तर नबुझाई आफैँसँग राख्ने वा खरिद–बिक्री गर्ने माथि भने प्रचलित कानुन अनुसार कारबाही हुने प्रहरीको चेतावनी छ ।
३० भदौ २०८२, सोमवार १३:४७ बजे प्रकाशित












