जेनजी आन्दोलनमा मृत्यु भएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख दिने
काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले प्रतिव्यक्ति १० लाख दिने भएको छ। इन्स्पेक्टरदेखि महानिरीक्षकसम्मको तलब कट्टा गरी उनीहरूलाई उक्त राहत दिन लागिएको हो ।
प्रहरी प्रधान कार्यालयले आइतबार एक सूचना जारी गरी यससम्बन्धी जानकारी दिएको छ। आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका थिए।

३० भदौ २०८२, सोमवार २२:५८ बजे प्रकाशित












