धनगढी उपमहानगरको सरकारी टोली बडिमालिकाको धार्मिक यात्रामा प्रस्थान

धनगढी। धनगढी उप–महानगरपालिकाको सरकारी पूजा टोली बाजुरा जिल्लास्थित प्रमुख धार्मिक स्थल बडिमालिका मन्दिरको यात्रामा आज  प्रस्थान भएको छ।

साउन २३ गते चतुर्दशीका दिन हुने धार्मिक मेलाको अवसरमा उक्त टोली साउन १८ गते बिहान बडिमालिका मन्दिरतर्फ प्रस्थान गर्ने भएको हो। उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीका अनुसार टोलीले बडिमालिकामा विशेष पूजा अर्पण गर्नेछ।

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य मानिने बडिमालिकामा प्रत्येक वर्ष हजारौं भक्तजनको भीड लाग्ने गर्छ। धनगढी उप–महानगरपालिकाको यो सहभागिताले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 


१८ साउन २०८२, आइतवार ०९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु