punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खुटिया–दिपायल फास्ट ट्र्याकमा बजेट कम परेको भन्दै गाउपालिका अध्यक्ष असन्तुष्ट

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले खुटिया–दिपायल फास्ट ट्र्याक र बुडर–जोरायल–गड्सेरा सडक खण्डजस्ता महत्त्वपूर्ण योजनाका लागि बजेट विनियोजन नगरेको भन्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले असन्तुष्टि जनाएका छन्। उनले प्रदेश सरकारप्रति खेद प्रकट गर्दै यस विषयमा दबाबमूलक कदम चालिने चेतावनीसमेत दिएका छन्।

‘जोरायललाई योजना तर्जुमा र बजेट वितरणको क्रममा बेवास्ता गरिएको छ। सुदूरपश्चिमकै गौरवका योजनामध्ये पर्ने सडक योजनाहरूमा समेत बजेट नछुट्टाइनु दुखद कुरा हो।’ अध्यक्ष ओझाले भने ।

उनले जोरायल भित्र उत्पादन हुने विभिन्न वस्तु, कृषिजन्य उपज, जडीबुटीलगायत सामग्रीको बजार पहुँच अभाव र सडक पूर्वाधार कमजोर हुँदा स्थानीय उत्पादन उपयोग हुन नसकेको बताए । ‘ सडक विस्तारको काम भएको भए यहाँको आर्थिक गतिविधि वृद्धि हुने थियो,’ उनले भने। सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटमा खुटिया–दिपायल फास्ट ट्र्याक र बोर्डर–जोरायल–गड्सेरा सडक योजनाको नाम समेत नरहेको जनाइएको छ । यसले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणमा राजनीति प्रति वितृष्णा जागेको छ ।


१८ असार २०८२, बुधवार १०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु