सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाइँदैछ : मुख्यमन्त्री शाह
धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।
शुक्रबार नेपाल उद्योग परिसंघ सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशमा लगानीको अनुकूल वातावरण बनाउन आवश्यक प्रक्रियाहरूको छलफल अघि बढाइएको जानकारी दिनुभयो।
कार्यक्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा रहेका संभावनाहरुको सोध, खोज, अनुसन्धान र नवप्रवर्तनका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
मुख्यमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकासमा सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
१३ असार २०८२, शुक्रवार १४:३७ बजे प्रकाशित













