punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पक्राउ परे रवीन्द्र मिश्र र धवशशम्सेर, दुर्गा प्रसाईं फरार

Chaupati
safha napa

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्सेर राणालाई प्रहरीले पक्राउ गरेको छ।

उनीनीरूसँगै अभियन्ता स्वागत नेपाल सहित ४४ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। यस्तै नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ।

प्रहरीले आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्नलाई प्रक्राउ गरेको जनाएको छ। लुटपाटमा संलग्न तथा विभिन्न  सञ्चारमाध्यममा आक्रमण गर्नेहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादी समर्थकको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ।


१६ चैत २०८१, शनिवार ०६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु