punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेलधुराको पूर्वाधार कार्यालयमा भएको विष्फोटको जिम्मा विप्लवले लियो

Chaupati
safha napa

डडेल्धुरा : डडेल्धुराको एक सरकारी कार्यालयमा बम विष्फोट गरेर क्षति गरेको घटनामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ।

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामा आइतबार मध्यरातमा बम विष्फोट गराइएको थियो। पार्टी जिल्ला सेक्रेटरी विजयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विष्फोट आफूहरूले गराएको जानकारी दिएका हुन्। ‘विप्लव’ समूहले उक्त विष्फोटलाई ‘सांकेतिक कारबाही गरिएको’ भनेको छ।

‘भौतिक पूर्वाधार मन्त्रालयको मिलेमतोमा आ-आफ्ना आसेपासे आफ्ना पार्टीनिकट कार्यकर्तालाई मात्रै ठेक्कापट्टा टेण्डर र उपभोक्ता समितिमा पार्ने गरी योजना वितरण गर्ने र सोही योजनाबाट १५ प्रतिशतसम्म कमिशन खाई गुणस्तरहीन संरचना पास गर्ने प्रमुख एजेन्टको रूपमा रहेको डडेल्धुराको पूर्वाधार विकास कार्यालयमा सांकेतिक कारबाही गरिएको छ।’ पार्टी जिल्ला सेक्रेटरी विजयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।


१४ माघ २०७६, मंगलवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु