कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनाम हुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका- ७ करैचामा से७प ९११२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी-११ का २६ वर्षीय सुमन कठरीयाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कैलालीका अनुसार कठरीया दुर्घटनामा परी घटनास्थलमै मंगलबार बिहान मृत अवस्थामा पाइएका थिए । उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१३ कात्तिक २०८१, मंगलवार १२:४३ बजे प्रकाशित













