punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

Chaupati
safha napa

धनगढी। कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् ।

पुरानो टेम्पोमा गोदावरीकै धनादेवी धामीले खुद्रा सामान बिक्री गरेर जीविका चलाउँदै आएकी थिइन् । तर, डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले धामीले सडक छेउमा टेम्पो राखेर वन अतिक्रमण गरेको भन्दै भिरबाट फालेका हुन् ।
धामीले टेम्पोबाट कर्मचारीले सामान झारेपछि टेम्पो घर लैजान्छु भन्दा पनि नमानेर सडकबाट भिरमा खसालि दिएको बताइन् । डिभिजन वन कार्यालयका कर्मचारीले टेम्पो नै फालेपछि आलोचना भइरहेको छ ।

यता  डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने पटक-पटक हटाउन ताकेता गर्दा नमानेको दाबी गर्दै हटाउने क्रममा कर्मचारीलाई गालीगलौज गरेएपछि उक्त स्थिति सिर्जना भएका दाबी गरे ।

‘सडकमा चलाउन नमिल्ने पुरानो टेम्पोलाई पसलका रुपमा प्रयोग गर्ने गरेको रहेछ । हामीले सडक क्षेत्र अतिक्रमण गरेर राखिएको टेम्पो हटाउन विगत पुसदेखि उहाँलाई भन्दै आएका थियौ’, ठाकुरले भने, ‘ तर, अहिलेसम्म नहटाएको देखिएपछि कर्मचारी खाली गर्न पुग्नुभएको थियो । त्यहीबेला उहाँहरुले गालीगलौज गरेपछि आवेशमा त्यस्तो भयो होला ।’

ठाकुरले टेम्पो चलाउन मिल्ने खालको नभइ पुरानो भएको बताए । डिभिजन वन कार्यालयले अहिलेसम्म राजमार्ग क्षेत्रमा अतिक्रमण गरि बनाइएका ४७ संचरना भत्काएको जनाएको छ ।


३१ जेठ २०८३, आइतवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु