punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन महिनामा सुदुरपश्चिमका २ सय बढी फर्म कार्वाहीमा, ४ लाख बढी जरिवाना

Chaupati
safha napa

धनगढी। चालु आर्थिक बर्षको तीन महिनामा सुदुरपश्चिमका २ सय बढी फर्म कार्वाहीमा परेका छन् । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको तथ्याकं अनुसार पछिल्लो तीन महिने अवधीमा सुदुरपश्चिमका २ सय बढी फर्म कार्वाहीमा परेका हुन् ।

तीन महिने अवधीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले ७० वटा फर्मबाट पाउरोटी, डुनट, मिठाई, सस, सुजी, चामल, मसला, दुध आदी लगायत म्याद सकिएको खाद्य बस्तु फेला पारेको जनाएको छ । कार्यालयकी प्राबिधिक सहायक श्रृजना चौधरीका अनुसार बिभिन्न फर्महरुलाई सम्झाई बुझाई गर्नुका साथै आवश्यक कार्वाही स्वरुप १ लाख ७१ हजार ३ सय ९२ रुपयाँ राजश्व उठाइएको छ ।

यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुराले तीन महिने अवधीमा २ सय ५९ फर्ममा अनुगमन गरेको छ । ति मध्ये ८४ फर्मबाट बिभिन्न अखाद्य बस्तु जफत गरी नस्ट गरिएको छ । प्राबिधिक सहायक चौधरीका अनुसार अखाद्य बस्तु बिक्रि वितरण गर्ने फर्महरुबाट डडेल्धुरा डिभिजन कार्यालयले १ लाख ६ हजार १ सय ४३ रुपयाँ जरिवाना सकंलन गरिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले ५८ फर्ममा अखाद्य बस्तु भेटेको छ ।

उपभोग्य मिति नाघेको, सुजी, चिप्स, मसला, लेवल बिनाका पनिर, तितौरा, कलर प्रयोग भएको मिठाँई लगायत अखाद्य बस्तु जफत गरी नस्ट गरिएको कार्यालयले जनाएको छ । अखाद्य बस्तु बिक्रि गर्ने फर्महरुबाट जरिवाना स्वरुप २३ हजार ३ सय ५५ रुपयाँ राजश्व सकंलन गरिएको छ ।

यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले बिभिन्न फर्मको अनुगमन गरी ५ सय किलोग्राम बराबरको तेल, घ्यु, खाद्यान्न मासुजन्य पदार्थ जफत गरी कार्वाही गरेको छ । ति फर्महरुबाट १ लाख १२ हजार ५ सय ४५ रुपयाँ राजश्व सकंलन गरिएको छ । सुदुरपश्चिम प्रदेश भरीबाट यि फर्महरुको अनुगमन गरी जरिवाना स्वरुप ४ लाख १३ हजार ४ सय ३५ रुपयाँ राजश्व सकंलन गरिएको छ ।

यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले तीन महिने अवधीमा २६ खाद्य उधोगको दर्ताका लागी सिफारिश, ४० खाद्य उधोगको अनुमतीपत्र नविकरण, ७ नयाँ अनुमती तथा १ सय ६० पटक उधोगकाृ अनुगमन निरिक्षण गरेको जनाएको छ ।

यस्तै स्थानिय तहको सहकार्यमा ५६ पटक खाद्य बजार अनुगमन तथा ५१ पटक होटल रेस्टुरेन्टको अनुगमन गरिएको कार्यालयले जनाएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र तिन वटा डिभिजन कार्यालयहरुबाट १ सय २७ खाद्य नमुना सकंलन गरी कार्वाही प्रक्रिया अगाडी बढाएको कार्यालय प्रमुख हरेराम प्रधानले बताए ।

यो अवधीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीबाट ५ सय ८ वटा खाद्य तथा दाना नमुनाको बिश्लेसण गरिएको प्रमुख प्रधानले बताए । यस अवधीमा कार्यालयमा प्राप्त नमुनाहरुको बिश्लेसण दस्तुर तथा अनुज्ञापत्र जारी, नविकरण र सिफारिस दस्तुरबाट ७ लाख ९६ हजार ४ सय १५ रुपयाँ राजश्व सकंलन गरिएको छ । कार्यालयले चालु र पुजिंगत गरी ४३ प्रतिशत बित्तिय प्रगती गरेको कार्यालय प्रमुख प्रधानले बताए ।

यसैगरी डिभिजन कार्यालय डडेल्धुराले ६७, डोटीले ५५ र बैतडीले ७३ प्रतिशत बित्तिय प्रगती गरेको कार्यालय प्रमुख प्रधानले बताए ।


११ कात्तिक २०८१, आइतवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु