नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश,पेनाल्टी सुटआउटमा भारत पराजित
काठमाडौं । नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज राती सम्पन्न सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टीमा नेपाली गोल रक्षकले भारतका दुई खेलाडीको प्रहार रोकिन् । नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जीत निकालेका हुन् । खेलमा मध्यान्तर अघि दुबैले बराबरी खेलेका थिए भने मध्यान्तरपछि भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरी खेल १–१ को बराबरीमा ल्याएको थियो ।
नेपालकी प्रीति राईले गरेको गोललाई सुरुमा रेफ्रिले मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।
त्यसपछि खेल रोकिएको थियो । रोकिएको १ घन्टापछि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारी शाम्बाले बराबरी गोल फर्काएकी थिइन् । बराबरी भएपछि खेल पेनाल्टी सुटआउटतर्फ अघि बढेको थियो ।
खेलको ५१औं मिनेटमा रेखा पौडेल दोहोरो पहिलो कार्ड खाँदै बाहिरिएसँगै नेपाल १० खेलाडीमा सीमित भएको थियो । तर पनि आज नेपालले उत्कृष्ठ प्रदर्शन गर्यो । नेपालकी शाम्बा प्लेयर अफ द म्याच घोषित भइन् ।
नेपालले अब उपाधिका लागि बंगलादेशसंग खेल्नेछ । यसअघि आजै सम्पन्न खेलमा भूटानलाई ७–१ ले हराउँदै साबिक विजेता बंगलादेश फाइनलमा प्रवेश गरेको थियो ।
११ कात्तिक २०८१, आइतवार २३:०७ बजे प्रकाशित