रवि पक्राउको विरोधमा रास्वपाद्धारा धनगढीमा प्रदर्शन
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले धनगढीमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि प्रतिशोधको राजनीति बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।
राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सबै खाले भ्रष्टाचारको छानबिन गर’ ‘अन्याय सहेर जनता चुप बस्दैनौ’, ‘प्रतिशोधको राजनीति बन्द गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
शुक्रवार सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछाने पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिवार देश भरी विरोधका कार्यक्रम गरिएका छन् ।
३ कात्तिक २०८१, शनिवार १८:४४ बजे प्रकाशित













