बढ्यो सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोबार?
साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसामर सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो।
यसअघि आइतबार छापावाल सुन १ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १७ सय ५५ रुपैयाँ कायम भएको छ।
आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ५० रुपैयाँ कायम रहेको थियो।
२४ भदौ २०८१, सोमवार १२:३४ बजे प्रकाशित













