डडेल्धुरामा सब–ओभरसियर घाटी रेटिएको अवस्थामा फेला

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा कार्यरत सब–ओभरसियर घाटी रेटिएको अवस्थामा फेला परेका छन् ।

अमरगढी नगरपालिका–५ का ४५ वर्षीय डम्बरबहादुर भट्ट शनिवार बिहान घर नजिकैको जंगलमा घाटी रेटिएको अवस्थामा फेला परेका हुन ।

घाइते भट्टलाई उपचारका लागि धनगढी लगिएकोमो त्यहाँबाट पनि थप उपचारका लागि काठमाण्डौं लग्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक कार्कीले जानकारी दिए ।

उनका अनुसार शुक्रवार बेलुकीदेखि नै परिवारको सम्पर्कमा नभएका उनी शनिवार बिहान घर नजिकैको जङ्गलमा घाँटी रेटेको अवस्थामा फेला परेका हुन ।

घटनास्थलमा चक्कु पनि फेला परेको प्रहरीले जनाएको छ । उनी डिप्रेसनको बिरामी रहेको र आफैले घाटी काटेको हुनसक्ने आशंका गरिएको छ ।


१५ असार २०८१, शनिवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु