डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सायल गाउँपालिका–४ दौडमा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पु¥याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ झलारीका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


१५ असार २०८१, शनिवार १४:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु