डा. गोविन्द केसीले गरे अनशन स्थगित

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै केसीले अनशन स्थगित गरेको बताए । शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको उनको भनाइ छ ।

दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै उनी अनशन बस्ने तयारीमा थिए ।

न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको केसीको आरोप छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत राजीनामा माग गर्दै आएका छन् ।


१४ असार २०८१, शुक्रवार १४:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु