सुदूरपश्चिमका नवनियुक्त ७ मन्त्रीले लिए शपथ, स्वतन्त्रले गरे अस्वीकार
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजि मियाँले नवनियुक्त सात जना मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रीका नियुक्त गरेका स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीबाहेक सात मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेका थिए ।
सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । तर, सांसद जोशीले मन्त्री पद अस्वीकार गरेका थिए ।
२८ जेठ २०८१, सोमवार १८:२३ बजे प्रकाशित












