सुदूरपश्चिमका डिआईजी केसीले दिए जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले प्रदेश अन्तर्गत रहेका डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलाका जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ ।
यस क्रममा उहाँले जिल्लाहरुको अपराध नियन्त्रण तथा अनुसन्धान एवं शान्ति सुरक्षाको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी लिँदै, बर्षादको मौसम सुरु हुन लागेकोले सम्भावित विपद व्यवस्थापन तथा उद्दारका लागि तयार रहन निर्देशन दिए ।

त्यस्तै डिआईजी केसीले प्रतिबन्धित बन्यजन्तु, जडीवुटी, आखेटोपहार, अवैध काठ तस्करी नियन्त्रणमा जोड दिन, फरार अपराधि पक्राउ तथा पेण्डिङ मुद्दाहरुको अनुसन्धान द्रुत गतिमा अगाडि बढाउन, स्थानीय तहसँग समन्वय गरी सीसीटीभी र आगो निभाउन प्रयोग हुने मेसिन लगायतको व्यवस्थापनमा सहकार्य गर्न निर्देशन दिनुभयो ।
अबैध भन्सार छली, तस्करी नियन्त्रणमा जोड दिन, नागरिक मैत्री व्यवहार गर्न, अपराध र अपराधीबिरुद्व कानूनी निर्ममताका साथ प्रस्तुत हुन पनि उहाँले मातहतलाई निर्देशन दिनुभयो ।
१४ जेठ २०८१, सोमवार १८:४४ बजे प्रकाशित













