दार्चुलामा खोलाले बगाएर बेपत्ता भएका बालक मृत फेला
दार्चुला । मार्मा गाउँपालिका–५ मुरैमा खोलाले बगाएर बेपत्ता भएका बालक सोमबार बेपत्ता भएका छन् ।
२५ वर्षीय झुपा टमटा र सोही ठाउँ बस्ने अम्मर टमटाको छोरा ६ वर्षीय ऐन विक बाँसा खोलामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
सोही ठाउँस्थित गन्याड खोला तर्ने क्रममा बालकलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
१४ जेठ २०८१, सोमवार १८:१४ बजे प्रकाशित













