गोदावरीको जमुनाभाडीमा एक जना मृत फेला
धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित जमुनाभाडीमा एक जना मृत फेला परेका छन् ।
हाइबेदेखि अन्दाजी आठ सय मिटर भित्री नालामा सोही ठाउँका ५५ वर्षीय नरबहादुर धामी मृत अवस्थामा फेला परेका हुन् ।
सो सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोली खटिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
१३ जेठ २०८१, आइतवार १७:२९ बजे प्रकाशित































