कांग्रेसको अवरोधकाबीच संसद बैठक सञ्चालन

काठमाडौँ, जेठ ८ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच बैठक चलेको छ ।

सहकारी ठगीको विषयमा सहमति नबनेको भन्दै कांग्रेसले संसद्‍मा अवरोध जारी राखेको छ । मंगलबार पनि कांग्रेसको अवरोधकैबीच सभामुखले सभालाई अघि बढाए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्बाट पारित समेत भएको छ ।


८ जेठ २०८१, मंगलवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु