punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

Chaupati
safha napa
काठमाडौँ, जेठ ५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासयी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रीय अभियानमा लागेको बताउनुभएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा आज यहाँ आयोजित कर्पोरेट परिषद्को प्रथम भेलामा उहाँले उद्योग व्यवसायको नीतिगत सुधार नभएसम्म समृद्धि नआउने बताउनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, “उद्योगी व्यवसायीका लागि सरकारले नीतिगत सुधार मात्रै गरे उद्योग व्यवसाय फस्टाउँछ, नीतिगत जटिलताले देशका उद्योग कलकारखाना सञ्चालन गर्न गाह्रो छ, म एक्लै भए पनि एक सुत्रीय अभियान नै बनाएर उद्योगी व्यवसायीका पक्षमा नीतिगत सुधारका लागि लड्छु ।”
निजी क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले उद्योग मन्त्रालयबाट गर्नुपर्ने कानुन सुधारका कामका लागि सुझाव दिन उद्योगी व्यवसायीसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले सरकारसित धेरै ठूलो केही मागेका छैनन्, केवल नीतिको सुधारको माग छ ।”
उद्योग मन्त्रालय अहिले उद्योग व्यवसाय सञ्चालनका लागि भइरहेका जटिलता हटाउनका लागि विभिन्न ऐन संशोधनमा जुटेको उहाँले जानकारी गराउनुभयो । रुग्ण उद्योग सञ्चालनका लागि सरकारले कार्यविधि बनाउन लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले त्यसका लागि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो ।
उहाँले खानी तथा खनिजजन्य उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालनका प्रक्रिया नगरी ओगटेर राख्ने उद्योगलाई छिट्टै मन्त्रालयले खारेजका लागि पहल गर्ने जनाउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “खानी तथा खनिजजन्य उद्योग सञ्चालनका लागि अनुमति लिइसकेपछि निश्चित अवधि तोकेर सञ्चालनमा नल्याए खारेज गर्न विधि प्रक्रिया आवश्यक छ ।”

५ जेठ २०८१, शनिवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु