जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डा बस्ने १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका ६१ वर्षीय रामज्ञान चौधरीलाई प्रहरी छन् । उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


५ जेठ २०८१, शनिवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु