punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनकपुरमा कारले ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

Chaupati
safha napa

जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिँदा एक जना पत्रकारको मृत्यु भएको छ ।

दुर्घटनामा परेर राजधानी जनकपुर अनलाइनमा कार्यरत शहीदनगर नगरपालिका ८ का बासिन्दा ३२ वर्षीय शिवेन्द्र रोहिताको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।


५ जेठ २०८१, शनिवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु