punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनमैजुमा ट्राफिक प्रहरीका जवान मृत फेला, हत्या आशङ्का

Chaupati
safha napa

काठमाडौँ । काठमाडौँको तार्केश्वर–९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरेको बिहीबार राति हत्या भएको आशङ्का गरिएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको एसएसपी भट्टराइले जानकारी दिए । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।


५ जेठ २०८१, शनिवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु