बझाङमा बस खस्यो
बझाङको बित्थडचिर गाउँपालिकाको डुम्रे खोलामा बस खसेको छ। आज (शुक्रवार) बित्थडचिरको डुम्रे खोलाको नालीमा बस खसेको हो।
बस नालीमा खसेकोमा अहिले निकालिएको बझाङ प्रहरीका डीएसपी भरत शाहले जानकारी दिए। उनका अनुसार बस दुर्घटना हुनबाट बचेको छ भने बसमा बाहेक अन्य क्षति भएको छैन।
सो बस बझाङबाट काठमाडौं जानका लागि आइरहेको थियो।
४ जेठ २०८१, शुक्रवार १४:१४ बजे प्रकाशित































