punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ललितपुर मेयर्स कपको उपाधिका लागि सुदूरपश्चिम र एपिएफ भिड्ने

Chaupati
safha napa

धनगढी । ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रबार समूहको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १०९ रनले पराजित गर्दै एपिएफसँगको उपाधि भिडन्त पक्का गरेको हो।
उपाधि भिडन्त शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

सुदूरले शुक्रबार पहिले ब्याटिङ गर्दै २ विकेटको क्षतिमा १५७ रन जोड्यो। उसका लागि सम्झना खड्काले नटआउट ७४ रन बनाइन्।

रुबी पोद्दारले २८ रन, कप्तान विन्दू रावलले २८ रन र कविता जोशीले नटआउट २० रन बनाउ।

१५८ रनको लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमै अलआउट भयो। उसका लागि कृष्मा गुरुङले १६ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा जोड्न सकेनन्।

बलिङमा सुदूरकी ऋतु कनौजियाले ३ विकेट लिए भने कविता जोशी र लक्ष्मी साउदले २–२ विकेट लिए।


४ जेठ २०८१, शुक्रवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु