नयाँ रेकर्ड बनाएर घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा हिजो (बिहीबार) हालसम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य आज भने घटेको छ ।
सुन आज (शुक्रबार) तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
४ जेठ २०८१, शुक्रवार १०:५० बजे प्रकाशित













