सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन आज तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ३७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२ जेठ २०८१, बुधवार ११:२९ बजे प्रकाशित













