नेविसंघको प्रदर्शन : ‘रवि दाई, खै जिबी राई ?’
काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको कांग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको हो ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले ‘गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’, रवि दाई खै जिबी राई, लगायतका नारा लगाएका थिए ।
कांग्रेस निकट महिला संघले हिजो प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।
२ जेठ २०८१, बुधवार १२:५० बजे प्रकाशित













