सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज सुनुवाइ हुँदैछ ।
मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाई हुन लागेको हो ।
मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । आज सुनुवाइ सकिए आजै फैसला आउने छ ।
२ जेठ २०८१, बुधवार ०९:२४ बजे प्रकाशित













