कैलालीमा एकैदिन ६ जना फरार प्रतिबादी पक्राउ
धनगढी । कैलाली प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा अदालतको विभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ
जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिबादीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको फैसलाले १५ दिन कैद सजाय, रु. ४४ लाख जरिवाना र रु. १ लाख ७६ हजार क्षतिपुर्ति ठहर भएका टिकापुर नगरपालिका–५ बस्ने वर्ष ३४ को अनुज हमाल, लागू औषध चरेश गाँजा मुद्दामा १ वर्ष १ महिना २५ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–१ बस्ने वर्ष ५५ को गोमबहादुर बुढा मतवाला छन् ।
त्यस्तै वन मुद्दामा रु. १४ हजार ८ सय जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–७ बस्ने वर्ष ५५ को सोनोराम चौधरी, वन मुद्दामै रु. १४ हजार ८ सय जरीवाना ठहर भएका सोही ठाउँकै वर्ष ५० को लालसिंह राना र चोरी मुद्दामा १३ दिन कैद सजाय र रु. १२ हजार जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१४ बस्ने वर्ष २५ को शंकरबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरि कञ्चनपुर प्रहरीले पनि एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले वन मुद्दामा ६ महिना कैद सजाय र रु. ५ हजार ९ सय जरिवाना ठहर भई फरार रहेका पुनर्वास नगरपालिका–१ बस्ने बर्ष ५३ को बाशुदेब रानालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो (मंगलबार) निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
२६ वैशाख २०८१, बुधवार १३:४४ बजे प्रकाशित













