चौरपाटी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, यस्ता छन् योजना

अछाम । अछामको चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदको अध्यक्षतामा भएको गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौ अधिवेशनले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रममा मुख्यतः स्थानीय उत्पालनलाई जोड दिने, सामाजिक विकास तर्फ शिक्षा, संस्कृति को संरक्षण एवम् प्रबद्धन, ‘विदेश होइन, विजनेस’ सहितका यूवा उद्यमशिलता, लैङ्गिक समानता र सामाजिक समावेशिकरण, जेष्ठ नागरीकलाई सम्मान कार्यक्रम, स्वास्थ्यको क्षेत्रमा उपचार सहित निस्शुल्क एम्बुलेन्स सेवा, आर्थिक विकास, अद्यौगिक तथा पर्यटन प्रबद्धनलगायतका कार्यक्रम समेटिएका छन् ।

यस्तै खानेपानी तथा सरसफाई, युवा खेलकुद, कृषितर्फ रैथाने बालीहरुको बिउँ संरक्षण, खेती विस्तार र बजारीकरण, सूचनामैत्री गाउँपालिकाको अवधारणा, सुशासन र सार्वजनिक सेवा प्रवाह, वातावरण, जलवायु परिर्वतन तथा बिपद् व्यवस्थापन, भौतिक पुर्वाधार विकास, राजश्व तथा आन्तिरीक श्रोत परिचालन लगायतका विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

सभामा नीति तथा कार्यक्रम चौरपाटी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष हिउकर्ण खड्काले प्रस्तुत गरेका थिए ।


२६ वैशाख २०८१, बुधवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु