ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । सरकारले हिजो शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवकको ज्यान जाने गरी भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ ।
गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई मन्त्रालयमा तानेको हो ।
आज (शनिबार) बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो ।
१४ पुस २०८०, शनिवार १६:२९ बजे प्रकाशित













