सुदूरपश्चिम महोत्सवको आज आठौँ दिन प्रमोद खरेल, रेखा जोशि लगायत आधा दर्जन कलाकारको प्रस्तुति रहने

सुदूरपश्चिम महोत्सवको आठौँ दिन आईतबार पनि चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने भएको छ। आज आईतबार प्रमोद खरेल, रेखा जोशी, नन्द कृष्ण जोशी, नरेन्द्र राज रेग्मी, राज कुस्मी, अविशेक खड्का र रबिन पातली आउने महोत्सव संयोजक मिलन कुँवरले बताए।

यस वर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रदर्शनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन्।महोत्सवको टिकट मोबाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ।

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ।


१ पुस २०८०, आइतवार ०७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु