सुदूरपश्चिम महोत्सव पुस ५ गते सम्म सञ्चालन हुने

सुदूरपश्चिम महोत्सव पुस ५ गतेसम्म सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा संचालन भइरहेको महोत्सवमा तीन दिन थप गरि ५ गतेसम्म सञ्चालन हुने भएको हो।

महोत्सब सचिवालयका अनुसार महोत्सव अबलोकन गर्ने दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्म संचालन गर्ने निर्णय गरिएको हो ।

आज दिउँसो मात्रै एक लाख बढीले महोत्सव अवलोकन गरेको आयोजक कैलाली उद्योग वाणिज्य संघकी कार्यकारी निर्देशक गोमा अधिकारीले बताइन

आज शनिवार महोत्सवको नवौँ दिन सबैभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले बताइन् ।

महोत्सव जान हिडेका कतिपय दर्शकले टिकट नै नपाएको बताएका छन्। दर्शकको घुइँचोले महोत्सवस्थल प्रबेश गर्न पनि कठिनाई भैरहेको थियो ।

कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव संचालन गर्दै आइरहेको छ ।


३० मंसिर २०८०, शनिवार १९:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु