सेती प्रादेशिक अस्पतालमा नवजात शिशुकाे मृत्युु,आफन्तले घेरे अस्पताल
सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विराेध गरेका छन् ।
मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रिया मार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरवाही गरेकाे भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् ।
उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सककाे लापरवाहीले शिशुको मृत्यु भएकाले सम्बन्धित चिकित्सकलाई कारवाही गरिनुपर्ने बताए । उनले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।
सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियाे ।
राति शल्यक्रिया मार्फत शिशुलाई जन्म दिएपनि उनकाे मृत्यु भएकाे थियाे ।
६ मंसिर २०८०, बुधवार १०:१६ बजे प्रकाशित












