डलरको भाउ अहिलेसम्मकै उच्च
डलरको भाउ अहिलेसम्मकै उच्च
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ। आज एक डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३६ पैसा र बिक्री दर १४६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७।१७ रुपैयाँ र बिक्री दर ८७।५६ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ०० पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसामा कारोबार हुनेछ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ ३० पैसा र बिक्री दर १० रूपैयाँ ३५ पैसामा खरिदबिक्री गर्न सकिनेछ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।४८ रुपैयाँ र बिक्री दर ३५।६४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८।५१ रुपैयाँ रहेको छ भने बिक्री दर २८।६३ रुपैयाँमा कारोबार गरिनेछ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१।६७ पैसा र विक्रीदर ४३३।६२ पैसामा कारोबार हुनेछ।
५ मंसिर २०८०, मंगलवार १२:१४ बजे प्रकाशित