punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रबैंकले ल्यायो पुर्नकर्जा कार्यविधि, तीन वर्गमा विभाजन गरेर सुविधा दिइने

Chaupati
safha napa

काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले पुर्नकर्जा कार्यविधि, २०७७ लागू गरेको छ । राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार विशेषगरी कर्जालाई तीन वर्गमा विभाजन गरी पुर्नकर्जाको सुविधा दिने भएको छ ।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा भनेर सुविधा पाउने क्षेत्रहरु निर्धारण गरेको छ । उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँ सम्मको कर्जामा प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिने छ ।

यस्तो पुनरकर्जा राष्ट्रबैंकले २ प्रतिशतमा उपलब्ध गराउनेछ भने बैंकहरूले ५ प्रतिशतमा लगानी गर्नुपर्ने हुन्छ । राष्ट्र बैकले पुनरकर्जाको सीमा बढीमा २० करोड तोकेको छ भने अविध १ वर्ष हुनेछ । एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा १ वर्षको हुनेछ । यस्तो कर्जा नवीकरण नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कुल पुनरकर्जाको ७० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट उपलब्ध गराउनेछ । बैंकहरुले नै प्रदान गर्ने व्यवस्था गरेको छ । यसरी प्रदान गरिने कर्जाको प्रतिव्यक्ति अधिकतम सीमा ५ करोड रुपैयाँ हुनेछ । कुल पुनरकर्जाको २० प्रतिशत रकम भने राष्ट्र बैंकले नै ग्राहक मूल्यांकन गरी उपलब्ध गराउने भएको छ ।

यस्तो कर्जाको अधिकतम सीमा २० अर्ब हुनेछ । कुल पुनरकर्जाको १० प्रतिशत भने लघुवित्त वित्तिय संस्थामार्फत प्रदान गरिने राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा उपलब्ध गराएपछि बैंकहरूले प्रदान गर्ने पुनरकर्जा उनीहरुको प्रत्येक शाखाले ५ वटा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

केन्द्रीय बैंकले जारी गरेको पुनरकर्जा कार्यविधिमा ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जा पुनरकर्जाको लागि अयोग्य हुने उल्लेख गरेको छ । तर पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्विटीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले पनि पुर्नकर्जा सुविधा उपयोग गर्न पाउने छैनन् ।

चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य उद्योग, व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग, व्यवसायले पनि पुर्नकर्जा सुविधा नपाउने राष्ट्र बैंकको भनाई छ ।


७ साउन २०७७, बुधवार ०५:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु