सुदूरपश्चिम सरकारद्वारा कर्णालीका भूकम्पपीडितलाई एक करोड सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड आर्थिक गर्ने निर्णय गरेको छ।शनिबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठले भूकम्पपीडितका लागि कर्णाली सरकारलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरी एक करोड रुपैयाँ र स्वास्थ्य सामग्रीसहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।
कर्णालीको जाजरकोट जिल्लाको बगरकोट गाउँपालिका- १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११:४७ मा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति सुदूरपश्चिम प्रदेश सरकारले दु:ख प्रकटसमेत गरेको छ।
यसका साथै उद्दार र राहतमा जुट्न पनि सबैलाई सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ। उसले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
१८ कात्तिक २०८०, शनिवार १२:२८ बजे प्रकाशित













