भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारलाई कांग्रेसले ५० लाख दिने

काठमाडौँ–नेपाली कांग्रेसले भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारलाई ५० दिने निर्णय गरेको छ । शनिबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको निर्णयबारे जानकारी दिएका हुन् ।

‘भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं। १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ मा ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कांग्रेसले सरकार, राजनीतिक दलहरू, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न अपीलसमेत गरेको छ ।


१८ कात्तिक २०८०, शनिवार १२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु